काठमाडौ २५ चैत ।सिन्धुली सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी रुपमा फैलिएको कोभिट–१९ (को’रोना भा’ईस) बाट बचाउन राहत तथा उपचारकोलागि सिन्धुली अस्पताल र कमलामाई नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । वन महासंघले सिन्धुली अस्पताललाई एक लाख एघार हजार एक सय एघार रुपैयाँको चेक सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रोलादकुमार पोख्रेललाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीको अध्यक्ष हितलाल श्रेष्ठ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले राहत रकम संयुक्त हस्तान्तरण गर्नुभएको हो ।त्यस्तै कमलामाई नगरपालिका विभिन्न सामुदायिक वन समूहहरुबाट संकलन भएको पचहत्तर हजार रकम कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीलाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीको अध्यक्ष हितलाल श्रेष्ठ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले राहत रकम संयुक्त हस्तान्तरण गर्नुभएको हो ।कमलामाई नगरपालिकालाई महासंघको समन्वयमा सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट २० हजार, कमलामाई सा.व.उ.स.बाट २० हजार, कमलाजीजन्मस्थाना सा.व.उ.स.बाट १५ हजार र दक्षिणकालि सा.व.उ.स.बाट २० हजार रकम प्राप्त भएको थियो । कोभिट–१९ महामारिमा राहत वितरणको लागि जिल्ला महासंघ सबै सामुदायिक वन उपभोक्ता समूहबाट राहत रकम संकलन गरेर कमलामाई नगरापलिकाको राहत कोषमा हस्तान्तरण गर्न निरन्तररुपमा लागि रहने जिल्ला महासंघका अध्यक्ष हितलाल श्रेष्ठले वताउनुभयो ।सिन्धुली अस्पतालको राहत कोषमा यस रकम सहित करिब ४ लाख ५० हजार हाराहारीमा राहत रकम संकलन भएको अस्पतालि विकास समितिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “रकम करिब ४ लाख ५० हजार विभिन्न सामाग्रि सहिति करिब ६ लाखबराबर यस सिन्धुली अस्पताललाई राहत उपलब्ध भएको छ” अध्यक्ष पोख्रेलले वताउनुभयो ।यस वीच सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीले यस समय खुरी याम भएकोले वन जंगलमा डढेलो लागि जंगल र जंगलीजनावर वि’नास हुन सक्ने भन्दै वन ड’ढेलो नि’यन्त्रण गर्न सबै समुह र उपभोक्तालाई आग्रह गर्नुभएको छ । “वन जंगल आफ्नो सम्पत्ति हो र हामीलाई आफ्नो सम्पत्तिलाई कहिले पनि क्षेतिहुन दिनु हुदैन, त्यसैले वन जंगलमा सलाई लाईटर जस्ता प्रज्वलनपशिल बस्तु वोकेर प्रवेश नगरौं, वन जंगल संरक्षण गारौं” अध्यक्ष श्रेष्ठले वताउनुभयो ।