लहान,२५ चैत । विश्व व्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरस अर्थात (कोविड–१९) को संक्रमण फैलिन नदिन, महामारी तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले लकडाउन गरेको विशेष परिस्थितिमा गाउँपालिका भरिमा रहेको दैनिक ज्याला मजदुरी गरि खाने घरधुरी परिवारलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाल ेआधारभूत खाद्यान्नको प्रबन्ध मिलाउन गइरहेको छ ।
गाउँपालिकाले सामाजिक दूरी कायम राखी राहत वितरण गर्नको लागि जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षा निकायको राहत वितरण गर्ने सर्वदलीय समितिको बैठक सम्पन्न गरेको छ । बैठकमा आफ्नो मन्त्वय राख्दै गाउँपालिका अध्यक्ष केदारनाथ यादवले भने ‘गाउँपालिकाले अहिले दलित, गरिब, विपन्न, तथा ज्यालादारीमा काम गर्ने घरधुरी परिवारको तथ्यांक संकलनमा लागि सकेको छ ।
राहतको आवश्यकता जुन घर परिवारमा छ, सो परिवारले गाउँपालिकाले राहत वितरण गरेको महसुस गरोस् । राहत वितरण निष्पक्ष राजनिती रहित होस् । विगतमा पनि बाढीको समयमा गाउँपालिकाले राहत वितरण गरेको थियो। हामीले राहत वितरण गर्ने प्रत्येक वडामा समिति बनाएका छौँ । ’
गाउँपलिकाको प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झाले भने विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोविड(१९) लाई महामारी घोषणा गरिसकेको छ । विश्व्को २०५ देश यस भाइरसबाट प्रभावित बनिसकेको अवस्थामा यसबाट जोगिनु नै उत्तम उपाय हो ।
यस भाइरसबाट लकडाउनको समयमा काम गरेर दुई छाक हात मुख जोडने परिवारलाई समस्या परिरहेको अवस्थामा गाउँपालिकाले केही राहतको प्याकेज ल्याउन गइरहेको छ । त्यस्का लागि हामीले खरिद प्रक्रिया अगाडी बढाएका छौँ । तत्काल गाउँपालिकाले खरिद गर्न लागेको चामल उसिना कान्छी मन्सुली (एक ग्रेड) ६० टन, मसुरो दाल १० टन, नुन १० टन, खाने तेल १० टन, चिनी १० टन, नुहाउने साबुन ५ हजार पिस, लुगा धुने साबुन ५ हजार पिस र ह्यान्ड वास ५ हजार पिस । खरिद गरि वितरण गर्ने तयारी गरेका छौं प्रमुख प्रशासकीय अधिकृत झा ले बताए ।
ईलाका प्रहरी कार्यालय महेशवारीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) सिकेन्द्र साहले भने( कोरोना भाइरस बाट बच्न दिनमा पटकपटक हात धोऔं, एक अर्कामा सद्भाव कायम राखौं । संका लागेको नयाँ मान्छे देख्नासाथ प्रहरीलाई खबर गरौं । सके सम्म भिडभाड बाट बचौं । सइ साहले सरकारले लगाएको लकडाउनलाइ सफल बनाउन गाउँपालिका वासीलाई आग्रह समेत गरे ।
राहत बितरणको सर्वदलिय समितिको बैठकमा गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष शुभनारायण यादव, वडा नं.२ का वडा अध्यक्ष बिल्टु यादव, वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादव , वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव र वडा नं.५ का वडा अध्यक्ष बैधनाथ यादवको उपस्थित रहेको थियो ।