काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको जानकारीसमेत दिए ।
ओलीले सम्बोधनका क्रममा लकडाउनका समयमा आमनागरिकले देखाएको धैर्यताप्रति धन्यवाद पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले ९ हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् । संक्रमणको उच्च जोखीम रहेका क्षेत्रमा दु्रत गतिमा परिक्षण अगाडि बढाइएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
चिकित्सक, स्वास्थ्यकर्मिको नेतृत्वमा यो लडाईँ लडिने हुनाले चिकित्सकको सुरक्षाका लागि सरकार प्रतिबद्व रहेको पनि उहाँको भनाई रहेको थियोे । दैनिक नेपाल