दाङ, २४ चैत । कोरोना संक्रमित कैलालीका युवासंगै भारतबाट आएका अन्य ७ जना पनि अस्पताल पुगेका छन् ।
उनिहरु १० जना रहेकामा सात जना दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पताल पुगेका र अन्य तीन जना पनि आउने क्रममा रहेको अस्पतालले जानकारी दिएको छ । उनिहरु सबै दाङका रहेका छन् ।
दाङका १० जना युवा पनि कैलालीका कोरोना संक्रमित युवासँगै भित्रिएको भन्ने सार्वजनिक भएपछि सम्बन्धित पालिकाले खोजी गरेर सम्पर्कमा ल्याएका हुन्।
गौरीफन्टा नाका हुँदै आउने घोराही उपमहानगरपालिका-४ का ५ जना, लमही नगरपालिका-५ का २ जना र राजपुर गाउँपालिका-६ का २ जना, र बबईगाउँपालिकाका १ जना रहेका छन्।
उनीहरुका परिवार र सम्पर्कमा आएकाको पनि खोजी गरी निगरानी बढाइएको प्रहरीले बताएको छ। दैनिक नेपाल