लकडाउनको मौकामा ठूलो संख्यामा काठ तस्कर गर्न जंगल पसेको तस्करको र जंगलमा सुरक्षाका लागि खटिएको सुरक्षाकर्मिबीच गोली हानाहान भएको हो ।
आइतबार साँझ तस्करहरु हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको सुराकीको आधारमा सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहको नेतृत्वमा गएको टोलीले घेरा हालेको थियो ।
लगत्तै तस्करको समूहले वनटोलीमाथि सुरुमा गोली प्रहार गरेको थियो । सो क्रममा वन सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको थियो । हानाहान भएपछि तस्कर समूह फरार भएको थियो । कुनै मानवीय क्षति नभएको सुरक्षाकर्मिले जनाएको छ । दैनिक नेपाल