शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो।
उनका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो।-रासस