कोरोना भाइरस संक्रमणको जोखिमका कारण यी दुवै जात्रा यस वर्ष स्थगित गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिस्केट जात्रा र जिब्रो छेड्ने जात्रा दुवै नहुने जानकारी दिइन ।
बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइन्छ । यसैगरी जिब्रो छेड्ने जात्रा मध्यपुरथिमीको बोडेमा विशेष हर्षोल्लासका साथ मनाइन्छ ।
जिब्रो छेड्ने जात्रा, बिस्केट जात्राकै एक अभिन्न अंग हो । प्रत्येक वर्ष चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो ठड्याएपछि वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ ।-रासस