काठमाडौं / विश्वभर फैलिरहेको (कोभिड-१९) कोरोना भाइरसले नेपाललाई पनि अछुतो राखेको छैन । हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको सङ्ख्या ९ पुगेको छ भने एक जना निको भएर घर फर्किसकेका छन् ।
हिजोबाट नेपालमा कोरोना दोस्रो चरणमा समेत प्रवेश गरिसकेको छ। यसभन्दा अगाडि बाहिरीदेशबाट आउनेहरुको रिपोर्ट मात्र पोजेटिभ देखियो थियो, तर हिजो एकजना स्थानियमा कोरोना संक्रमण स्वस्थ्य मन्त्रालयले पुष्टि गरेको हो । कोरोना महामारी नियन्त्रण गर्नको सरकारले देशलाई लकडाउन घोषणा गरेको १३ औं दिन भइसकेको ।