काठमाडौं २२ चैत । विश्व एक्काइसौं शताब्दीको प्रगतिशील फड्को मार्दै गर्दा हामी लुई चौधौंको शताब्दीमा छौं कि जस्तो लाग्दैछ।
गरिब जनताको अवस्था दयनीय बन्दै गैरहेको छ।शासक सम्पन्न र विलासीताको मोजमस्तीमा अभ्यस्त हुदा ७० लाख युवायुवती खाडीमा अमुल्य श्रम सस्तोमा बेच्न विवश परिस्थितिले निर्यात भन्दा आयात ५० औं गुणा बढि भैरहेको अवस्थामा कृषिप्रधानको गरिमा पतन हुँदै गैरहेको छ।
हिजो आफैमा आत्मनिर्भर देश आज सारा कुरा बिदेशबाट आयात हुनुको विडम्बना नाम बदलिएको अवस्था झन भयावह भैरहेको बिडम्बनाले मुठ्ठीभर मानिसको जीवनशैली बदलियो भने गरिबका झुप्राका अवस्था मर्माहत र दयनीय बन्दै गएकोमा राज्यव्यवस्थाको कुनै सम्बोधन न आउनु र राजनिती महंगो पेशा जस्तो हुनुले आज घरै पिच्छे नेतागिरीहरु बढेको हामी सबैलाई जाहेर भएकै सन्दर्भ हो।
देश रोइरहेको बेला शासकहरु रमाइरहेका देखिन्छन। जनता हरेक कुरामा कर तिर्न विवश छन तर पनि राज्यको ढुकुटी इलो न मिलो हुँदै गएको अवस्था छ।
नागरिकको पीडालाई खासै प्रवाह नगर्नेहरु आफ्नो सौख पूरा गर्न अभ्यस्त छन।
हिजो जनताका छोराछोरीले राजनितीको र पनि नजान्दा पनि १४ वर्षको त्यो सानो बालक दिलबहादुर रम्तेलले गोली पिएर मर्नु विवश हुनुपर्यो ती मैना सुनुवारले १२/१३ वर्षको उमेरमा चरम यातना र बर्बरता सहन गर्दै मर्न विवश हुनुपर्यो। कयन चेलीहरु विधवा भए,कयन लालाबालाहरु गर्भ मा नै टुहुरो हुन विवश हुनुपर्यो ।
बृद्द बाबुआमाका टेक्ने लठीहरु भाचिए।
विद्यालयमा पढाइरहेका शिक्षकले समेत अनाहकमा गोली पिएर मर्न विवश हुनुपर्यो। यो सबै के को लागि थियो आजको यहि खाले व्यवस्थाका लागि थियो त ?
हजारौको रगतको खोली बगाएर ल्याइएको व्यवस्था औपचारिक संविधान बनाउन मात्रै थिएन कार्यान्वयनका लागि पनि थियो।
हिजो जनताका छोराछोरीले युद्द लडेको आज हजारौलाई राजा बनाउन र विरासतमा सजाउन थिएन ।थियो त केवल जनताको सुदिनको लागि र मुलुकको भविष्यको लागि ।तर विडम्बना आज हिजोका सपनाका मर्महरु बेखबर भए,बेपत्ताहरु संगै मर्महरु बेपत्ता भए।
भलै क्रान्ति अगरबत्ती बालेर हुदैन ,युद्दमा मान्छे मारिन्छन तर युद्ध पछि प्राप्त सत्ताले ती दिनका सपनाहरूलाई सार्थकता नदिनुमा निजि स्वार्थहरु हावी भए।सहिद परिवार गणतन्त्र देखि बेखबर भए। ।मुलुकमा गणतन्त्र आयो तर गणतन्त्र दरबारबाट महलतिर सर्यो जनतामा आउनै सकेन। यो सबै आफन्तवादको लोभ र मोहले निल्दियो।
यति सानो देशमा प्रदेश पिच्छे सरकार बनाइएको छ तर सरकारको नेतृत्व गर्नेहरु असक्षम छन। उनिहरु झुठा भ्रम र अफवाह फैलाउन अनि षड्यन्त्र गर्न माहिर छन। आज कोरोना कहरले सिमाबाट रोइरहेका आफ्नै नागरिकलाई समेत नेपाल ल्याइदैन भनेर गैरजिम्मेवार जवाफ दिने मान्छे मुलुकको रक्षामन्त्री छन। यसैले यहाँ न नागरिकको रक्षा न त मुलुकको न त राज्यको ढुकुटीकै यसैकारण नागरिकहरु असुरक्षीत छन ।यहाँ महलवासीलाई कडा सुरक्षा छ तर जनताको नैसर्गिक अधिकारको मौलिक खण्ड कै उपहास भएको सत्यले आज नागरिकहरु दुखी र निराश भएका छन।
यो मुलुकका सम्पूर्ण प्रदेश सरकार अब भंग हुनुपर्छ । यसको लागि गाउगाउ बस्ती बस्तीसम्म सबैभन्दा पहिला चिल्ला सडकहरु निर्माण गरिनुपर्छ। पहाड छेडेर सुरुङ मार्गबाट भारत र चीन सम्म जोड्ने सडक बनाइनुपर्छ। सरकार आगनमा नै चाहिदैन ५०० किलोमीटर टाढा नै किन नहोस यातायातको सुविधा भएपछी त्यो सरकार आगनमा नै भए जस्तै हो नि तर यहाँ राजनिती र राज्यव्यवस्था पेशेवर कम्पनी हुनुको विडम्बना बजार भाउ गरिबले आट गर्न सक्ने किसिमको छैन भने यो सत्ता सर्वहाराको हो कि पूजीवादीहरुको हो ?
यो लेख मैले कुनै दलको सरकारको ध्यानाकर्षणको लागि लेखेको हैन जनतालाई सचेत गराउन लेखेको हुं।
हामी कुनै दलको सरकार भन्दा जनताको साझा सरकार चाहन्छौं।अनि मात्रै बिभेदमुक्त समाजको निर्माण सम्भव हुनेछ।
communism is very good idea but practically its not used too so that its abolished slowly slowly .
आश्चर्यचकित त हामी जनता यहानेर भएका छौं कि निर्वाचन आउदा एकैदिनमा विकासका हजारौं सपनाहरु निर्माण गर्न सक्ने कथित नेताहरु निर्वाचन जितिसकेपछी अर्बौका सपना देख्ने भएको कारण नागरिकका मर्महरु ओझेल परे।
यद्यपि यो विभिन्न प्रदेशमा नया राजालाई पाल्दा नेपाली जनताको आर्थिक हैसियतले नधान्ने सवाल बारे महलमा विराजमान कथित क्रान्तिका अगुवाहरुले मनन गर्नु पर्दैन ???
जनतालाई हक र अधिकार दिएको भन्ने बहानावाजीको हौवाले के को सौदावाजी गर्दैछ?
यदि यो मुलुकमा जनताका पीडा बुझ्ने कोहि नेता र सरकार छ भने बिनम्र अनुरोध गर्न चाहन्छु अब प्रदेश देखि केन्द्रसम्मको सत्ता भंग गरौं। अनि सानो आकारको जनप्रेमी र देशभक्तहरुको सरकार निर्माण गरौं।त्यो सरकार राज्यबाट एक सुका पनि सेवासुविधा नलिने किसिमको निर्माण गरौं।देशको लागि लडेकाहरुले देशलाई केही दिने हो ।आफन्तलाई मात्रै हैन देशलाई चाहिँ दिने हो अनिमात्र त्यो सरकार सेवामुखी सरकार बन्नेछ । प्रदेशै पिच्छेको सरकारलाई निरंतरता दिनै पर्ने हो भने त्यो सरकार पनि सेवामुखी बनाउँ सुविधाभोगी मोह त्यागौं।
सारा संसारभरी छरिएर रहेका हाम्रा ७० लाख युवायुवतीहरुलाई अनिवार्य नेपाल बोलाउं।वस्तीवस्ती जोड्ने सडकहरु पहाडहरुलाई छेड्दै बनाउं।राज्यको ढुकुटीमा खरबौंको बजेट छ त्यो बजेट आफ्नो भुँडीको लागि नभै देश विकासमा खर्च गरौं। हाम्रै युवा श्रमिकहरुलाई काममा खटाउं।हाम्रो देश नेपाल ३ महिनामा विकसित राष्ट्र बन्नेछ।हाल आकाश छुने बजार मूल्य ६५% घट्नेछ। अनि ३ करोड जनतालाई कृषिमा लाग्न अपिल गरौं। हामीले हाम्रो जमीनमा उत्पादन गरेका अर्ग्यानिक उत्पादनहरु अमेरिका र युरोप लगायतका विकसित र महंगा मुलुकहरुका सुपरमार्केट्मा निर्यात गरौं। जनताले घरैमा बसेर डलर,युरो र पाउन्ड कमाउन थाल्नेछन। देश समृद्ध हुनेछ। जनता खुसी हुनेछन ।अनि व्यवस्थाले दिर्घायु प्राप्त गर्नेछ।
राजनितीमा आजको जस्तो धुपौरेहरुको भिड लाग्ने छैन,चाकरी र चाप्लुसी गर्न कुनै स्वार्थी रबैया लाग्ने छैन।उनिहरु आफ्नै काममा व्यस्त हुन पाउनेछन। कतै बाट कसैको विरोधाभास आउनेछैन। तर कानुन साउदीको जस्तो बन्नुपर्छ । भ्रष्टाचार गर्ने जोकोहीलाई बलि दिउँ ।अनि कुनै पनि नेताले भ्रष्टाचार भन्ने शब्द सुन्दा पनि भयवित हुनेछ। मुलुक अग्रगमनको दिशातिर लम्किनेछ। जनताले खोजेको व्यवस्था हाम्रो आगनमा हैन चुल्हो चौका सम्म आइपुग्नेछ।
अन्यथा,नेताहरुको विलासीताले प्राप्त उपलब्धि खरानी मात्रै हुदैन राज्यव्यवस्था नै अल्पायुमा मर्न विवश हुनेछ। महान सहिदहरुको बलिदानी बालुवामा पानी जस्तो मात्रै हुदैन हाम्रो देश भूगोलमा नभेटिन सक्छ।गूगलमा खोज्दा हाम्रो देश एकादेशको इतिहास हुन पुग्नेछ।