गौशाला २१ चैत।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ५ स्थित रहेकाे श्री त्रिभुवन मा. वि. गाैशालामा विहिवार देखि काेभिड १९काे संक्रमित विरामीहरुकाे लागि क्वारेनटाईनकाे तयारी अवस्था रहेकाे गाैशाला नगरपालिका वडा न. ८ का वडा अध्यक्ष तथा प्रवक्ता भाेजवहादुर दर्लामीले जनाएका छन।
याे महामारीकाे नियन्त्रणकाे लागि नगरपालिका बाट एक कराेड विपत व्यवस्थापन काेष कायम गरेकाे छ । काेराेना भाईरस मानिसमाहरुमा संक्रमित बढदै गईरहेकाेले यसकाे मध्य नजर गर्दै राेक थामकाे लागि नगरपालिकाले क्वारेनटाइनकाे व्यवस्था गरेकाे छ ।क्वारेनटाईनमा गाैशाला स्वास्थ्य उपचार केन्द्रका डा. सहित स्वास्थ्यक्रमीहरुले सेवा दिने छन ।
काेराेना भाइरसकाे औषधि नभए पनि राेगका लक्ष्णहरु देखा परेमा सम्बन्धित निकायमा रेफर गरिने छ र साथै विरामीहरुकाे सुविधाकाे लागि नगरपालिकाले खाना,नास्ता र चिया दिने व्यवस्था मिलाईएका छन।विदेश बाट कुनै व्यक्ति घर अाएमा अथवा त्यसकाे लक्ष्ण देखा परेमा घरमा नराखि साेझै क्वारेनटाइनमा पठाई दिई सहयाेग गर्न स्थानियहरु सँग दर्लामीले अनुराेध गरेका छन ।