२० चैत, काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदको टेण्डर आह्वान नगरी सरकार सरकारबीचको सहमति (जीटुजी) मा ल्याउने तयारी गरेको छ ।
बुधबार ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बिहीबार तीन दिनको समय दिएर टेण्डर आह्वान गर्ने बताएका थिए ।
तर सरकारले त्यसलाई रोकेको छ । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज टेण्डर आह्वान भएन’ महानिर्देशक श्रेष्ठले भने ।
स्रोतकाअनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ । सम्भवतः समितिले बिहीबार नै निर्णय गर्नेछ । अन्लाईन खबर