२० चैत, काठमाडौं । लकडाउनको समयमा भोकै परेका कुकुर, बाँदर र परेवालाई बिहीबार आहारा खुवाइएको छ ।
टुँडिखेल, त्रिपुरेश्वर र पुल्चोक क्षेत्रका कुकुर, बाँदर र परेवालाई स्नेहा केयर नामक संस्थाले आहारा खुवाएको हो । संरक्षक नभएका र सडकमा भेटिने कुकुरलाई भात खुवाइएको छ भने बाँदरलाई चना र सखरखण्ड दिइएको छ । अन्लाईन खबर