काठमाडौं १९ चैत । लाज लाग्दैन उसलाई कत्तिपनि उ त सरकार हो
सरकार !सरकार!भन्दै गुहार्नु पनि यहाँ बेकार हो।
न भोको हुन्छ,न पोल्छ घामले ,न भिज्छ पानीले नै
उसको मोजमस्तिको खबर ल्याउने उहि अखबार हो।
माथी बस्छ उचाई मन पराउँछ हेर्दैन फर्केर भुँइतिर
गर्न जानेकै हवेलीमा बसेर उसले सद्भावको ब्यापार हो।
निमुखाहरुको पसिना र रगत पिएर लठ्ठ पर्छ उ
मिल्दैन अहँ!कसैसङ्ग खै कस्तो उच्च बिचार हो?
देखाउँछ मृगमरिचिकाझै, सुन्दर सुन्दर सपनाहरू
भो आफुलाइ महान,नठाने हुन्छ,यो सरकार गद्दार हो।