गौशाला १७ चैत।विश्व व्यापी रुपमा फैलिरहेकाे काेराेना भाइरस संक्रमणलाई मध्यनजर राखिदै सरकारले लक डाउन प्रणाली लागू गरेकाेमा सब भन्दा असर ग्रामिण भेगमा बसाेवास गर्दै आईरहेकाे किसानहरुलाई पर्न गएकाे छ ।
किसानले लगाएकाे चैते वालिमा गहुँ,मसुरी,मट्टर लगायत अन्य वालि नालि काटने समय भए पनि लक डाउनकाे कारण मजदुरहरु घर बाट बाहिर ननस्किएकाेले उव्जिएकाे वालि नालि खेतमा सर्ने डरले किसानहरुलाई चिन्ताले सताईरेकाे साेनमा,सम्सी,रामगाेपालपुर,अाैराहि र गाैशाला पालिका का किसानहरुले जनाएका छन ।
मानिसहरु पडाेसि देश भारत बाट आएकाे कारण गाउँघरमा त्ररास फैलिएकाेले कुनै मजदुर काम गर्न चाहिरहेकाे छैन । याे संकटकाे समयमा किसानले उव्जाएकाे वालि काटन नसके पछि आउने समयमा खध्यानकाे समस्या हुने निश्चित देखिएकाे किसान संघले जनाएका छन ।
याे अवस्थामा सरकारले अथवा किसानले कुनै मजदुर माथि दबाव सिर्जना गर्न सकिँदैन पालिकाहरुले जनाए। अर्काे तिर तर साेनमा गाउँपालिकाले क्याेरेन्ट टाईमकाे स्थापना गर्न लागेकाेले विदेश तथा पडाेसि देश बाट आएकाे मानिसलाई वडा वडामा पत्ता लगाई पन्द्र दिन सम्म अनिवार्य ढंग बाट क्याेरेन्टटाईममा बस्ने व्यवस्था मिलाउँदै गरेकाे प्रवक्ता अशाेक कुमार यादवले जनाए।