काठमाडौं १२ चैत । नेपालमा थप एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । मंगलबार राति प्राप्त कोरोना परीक्षण रिपोर्टमा थप एकजनामा संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
उनालई टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसुलेशन वार्डमा राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो । चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने युवतीको उपचार भइरहेको छ ।
कान्तिपथ अन्लाईन