१० चैत/सलार्हीको विष्णु गाउँपालिकामा आगलागी हुदाँ लाखौ मुल्य बराबरको क्षति भएका छन् । शणिबार बिष्णु गाउँपालिका वडा नं. ३ मधुवनगोटको चमार टोल स्थित आगलगी हुदा दुई वटा घर जलेर लाखौ मुल्य बराबरका क्षति भएका छन् । मधुवनगोटको स्थानीय तुला राम र छोरा बर्ष ३५ को राम सोभित रामको फुसको घरमा आगलागी हुदा करिब साढे ३ लाख मूल्य बराबरको क्षति भएको हो ।
आगलगीमा परी तुलारामको १ लाख ३५ हजार नगद, करिब ३० हजार बराबरको लत्ता कपडा र भौतिक सामाग्री तथा २० हजारको खाधान्न गरी जम्मा एक लाख पचासी हजारको क्षति भएको छ ।
त्यस्तै छोरा रामसोभितको ६५ हजार नगद, ८० हजारको लत्ता कपडा र भौतिक सामाग्री तथा ३१ हजारको खाधान्न गरी एक लाख छेहत्तर हजार गरी जम्मा ३ लाख ५१ हजार बराबरको क्षति भएको । स्थानियवासी तथा प्रहरीको संयूक्त प्रयासमा आगोलाई नियन्त्रमा लिइएको थियो । आगोमा परी माननिय तथा कुनै चौपायाको क्षति नभएको हो ।साथै आगलगीबाट पिडीत भएका बाबु तुला राम र छोरा रामसोभितलाई तत्काल राहतको लागि स्थानीय मधुवनगोट मधुवनगोट यूवा कल्यानकारी समाजले २५ सयको कपडा, १५ सयको चामल,पिठो र नगद १५ सय रुपैया गरी जम्मा ४५ सय बराबरको सहयोग गरेको स्थानीय बिपिन साह कलवारले जनाएका छन् ।