लहान १० चैत । जनयुद्धका उदयपुरे सहिद जामुनलाल चौधरीको स्मृतिमा जामुनलाल स्मृति प्रतिष्ठानले स्मारिका प्रकाशन गरिरहेको हुँदा उहाँसँग सम्बन्धित लेख÷संस्मरण÷कविता÷कथा आदि जस्ता सामाग्री तलको इमेल ठेगानामा उपलब्ध गराई सहयोग गर्नहुन प्रतिष्ठान हार्दिक अनुरोध गर्दछ । उहाँको संक्षिप्त परिचय : – जामुनलाल चौधरीको जन्म २०२३ साल उदयपुर कटारी नपा ५ खैरेनी गाउँमा भएको हो । सहादत मिति २०५५ कार्तिक १२ गते भएको हो । गिरफ्तारपछि यातना दिएर प्रहरीद्वारा हत्या गरिएको थियो ।। उहाँसँगै मोहन कटुवाल, चक्र राई समेतले सहादत प्राप्त गर्नुभएको थियो । उहाँले कटारीबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । लेख्ने स्रष्टाहरुलाई विमोचन कार्यक्रमम उचित सम्मान गरिने छ । जनतालाई अधिकार सम्पन्न बनाई विभेदरहित शक्तिशाली समाजको निर्माण गर्ने उहाँको सदीक्षा बीचैमा तुहियो । एक निमुखो दनुवार परिवारको व्यक्ति भएर पनि उहाँले ठूलो सपना देख्नुभयो । उहाँ र उहाँजस्तै तमाम् सहिदहका अधुरा सपना पूरा गर्ने जिम्मा तपाईं हाम्रो काँधमा थोपरिएको छ । त्यही दायित्वलाई जिम्मेवारीपूर्वक बहन गरी एक सहिद स्मरणमा आफ्ना विचार प्रकट गर्न अनुरोध छ । प्रतिष्ठानका तर्फबाट अध्यक्ष इन्द्रावती अधिकारी सचिव पार्वती चौधरी स्मृति प्रकाशन समितिका तर्फबाट राजेश विद्रोही email: [email protected] rajeshbd11@ gmail.com, [email protected] सम्पर्क नम्बर : 9842800555, 984717595