नरेन्द्र महतो, गौशाला ७ चैत्र । महोत्तरी जिल्लाको सम्सी नाकामा सम्सी गाउँपालिका द्वारा संचालित कोरोना भाईरस सम्बन्धमा हेल्प डेक्स स्थापना गरेका छन ।
चैत्र १ गते देखि ४ गते सम्ममा चार सय भन्दा बढि व्यक्तिलाई जाँच गरेको तर कसैमा कोरोनाको लक्ष्ण फेला नपरेको स्टाप नर्स रींकु कुमारी यादवले जनाईन । सम्सी नाका खुल्ला सिमाना भएकोले विशेष निगरानि गर्नु परेको छ र आव जावत गर्ने व्यक्तिहरुलाई माक्स अनिवार्य लगाउन सल्लाह पनि दिने गरेको छु र कोरोना बाट बाँच्ने उपायको बारेमा आफुले जतिजानेको छु त्यति आवत जावत गर्ने व्यक्तिलाई सुझाब दिने गरेको यादवले वताईन ।
यो विहान सात बजे देखि एक वजे सम्म र दिउँसो दुई बजे छ वजे सम्म जाँच गर्ने गरिन्छ । कोरोना भाईरसको सम्मबन्धमा गोष्ठि र तालिम दिएर पठाएको भए अरु प्रभावित हुने थियो तर सम्बन्धित निकायले यसो नगरेकोमा आफैमा अन्योल भईरहेको उहाँले बताईन ।तर जे भए पनि विना हाथ हथियारको हेल्प डेक्स राखेकोमा आम नागरीक चिन्ता व्यक्त गरेका छन ।
जाँचने समान मध्ये बाट एउटा मात्र थर्मामिटर रहेको छ ।साधारण कुनै प्रकारको औषधि,वि पि स्टुमेन्ट र प्रयाप्त मात्रमा माक्स पनि नरहेकोमा आम जनताहरुले गुनासो गरेका छन ।