इटहरी ६ चैत । कोभिड-१९ को संभावित संक्रमणलाइ रोक्न प्रदेश १ मा ४४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ। उत्तरी मोरङको टाँडी, झापाको भद्रपुर र उदयपुरको कटारीस्थित बेलसोत भन्ने स्थानमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको छ। प्रदेश १ सरकारले गत फागुन २९ गते प्रदेश १ मा संभावित कोभिड-१९ को जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन निर्माणको निर्णय गरेको थियो।
टाँडीमा २००, झापामा ४० र उदयपुरमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको नेपाली सेनाको इटहरीस्थित पूर्वी हेडक्वार्टरका सूचना अधिकारीले जानकारी दिएका छन्।
प्रदेश १ सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले कोरोना संक्रमण रोकथामदेखि सचेतनाका सबै संभव तयारीहरु गरेको बताए। प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गरेर कोरोना रोकथामका सम्पूर्ण प्रयास गरेको मन्त्री कार्कीले बताए।
पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति अनन्त कार्कीले रोग आउन नदिन सबैले प्रयास गर्नुपर्ने र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नपर्ने बताए। उनले भने, ‘हामी अहिलेसम्म सुरक्षित छौं र सुरक्षित रहने छौं भन्ने दृढ संकल्प गरौं। नेपाली सेना कोरोनाविरुद्धको युद्ध जीत्न जस्तोसुकै मूल्य चुकाउन तयार छ र हामी लड्ने छौं र जित्ने छौं।’ नेपाल समय बाट