नरेन्द्र महतो गौशाला ४ चैत/महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा चिकेन पाेक्स राेग देखा पर्न लागेकाे छ ।गाैशाला न. पा. वडा न. ६ स्थित फुलकाहामा चिकेन पाेक्स राेग देखा परेकाे अाैरही नगरपालिकामा कार्यरत स्वास्थ्य संयाेजक राज किशाेर यादवले जनाए।
याे राेग लागे पछि जिउ भरि सेताे सेताे उमरेकाे हुन्छ र पुरै जिउ चिल्ल चिलाएकाे हुन्छ ।अहिले माैसम परिवर्तन भएकाे कारण याे राेग छिटफुट देखा पर्न गएकाे तर यसकाे अाैषधि सेवन गर्नाले राेग निकाे हुने गरेकाे छ ।
यस बाट कुनै किसिमकाे खतार नरहेकाे यादवले जनाए। यदि समयमा उपचार भएन भने जाेखिम हुन सक्ने शंका रहेकाे हुन्छ तसर्थ याे राेग लागे पछि स्वाशप्रश्वास लिनमा कठिनाई भएमा छिटाे भन्दा छिटाे जाँच गराउन यादवले सुझाव दिए ।
तर गाैशाला नगरपालिकामा रहेकाे स्वास्थ्य शाखाले कुनै ध्यान नदिएका वडा न६ बस्ने रामहिरदेव यादवले गुनाेसाे गरे ।अहिले नगरपालिका भरि दादुरा राेगकाे खाेप चलिरहेकाे छ तर याे राेग लागे पछि घरपरिवारमा चिन्ता छाएकाे यादवले जनाए ।