नरेन्द्र महतो गौशाला ३ चैत/आमाकाे नाम बाट नागरीकता दिने संविधानमा उलेख भए पनि सदा कागजमा मात्र सिमित रहेका छन ।महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ८ शिवनगर बस्ने वर्ष तिसकाे जनक महताे नागरीकता विहिन रहेका छन।
जनक महताे दुई दाजु भाइ र दुई दिदी बहिनी रहेका छन ,दिदी र वहिनिकाे विवाह भारतकाे सीतामढी जिल्लामा भएका छन ,जनक सानाे उमेरमा रहेकाे समयमा बुवाकाे मृत्यु भएकाे थियाे ,गरीव परिवार भएकाे कारण सानै उमेर देखि भारतकाे हैदरावादमा काम गर्दै अाईरहेकाे छ तर जनक महताेकाे वुवाकाे नागरीकता नभए पनि अामाकाेअंकृित नागरीकता रहेका छन र एक भाई घरमा रहेकाेले अामाकाे नाम बाट भाईकाे नागरीकता २०६३ सालकाे टाेलीले दिएकाे तर जनक महताे जेठाे भएकाे कारण भारतमा कमाउन गएकाे कारण नागरीकता बनाउन सकेन ।तर अामाकाे अंकृित नागरीकता र भाई नागरीकता भए पनि जेठाे भाईले नागरीकता बाट बन्चित भएका छन।
जनक महताेकाे अाफ्नाे नागरिकता नभएकाे कारण श्रीमती पनि नागरीकता विहिन बनेका छन भने छाेरा छाेरी सामुदायिक विधालयमा पढाइ बाट बन्चित हुनु परेका छन तर उहाँकाे नागरीकता नभएकाेले छाेराकाे जन्म दर्ता नबनेकाे कारण पढाइ लेखाइ बाट बन्चित हुनु परेकाे जनक महताेले जनाए ।
त्याे बच्चाकाे के दाेष ? साेनमा गाउँपालिका र वडा कार्यालयमा जन्म दर्ता बनाउनकाे लागि खुट्टा दुखि गयाे तर बावुकाे नागरीकता नभएकाेले छाेराकाे जन्म दर्ता बनाउन नसकिने पालिका तथा वडा बाट जवाफ अाएकाे कारण छाेरा पढाइ लेखाइ बाट बन्चित हुनु परेकाे महताेले बताए ।यता विधालयमा नाम लेखाउन बच्चाकाे जन्म दर्ता अनिवार्य हुनु पर्ने प्र.अ. ले जनाए।
तर बावुकाे नागरीकता नभएकाे कारण छाेरा छाेरी चाैरमा खेलिन बाध्य रहेका छन ।उता ईलाका प्रशासन बाट रेकर्ड ल्याउन साेनमा गाउँपालिकाका प्रशासकिय अधिकृत रमेश अधिकारीले भने ।