काठमाडौं १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण उहाँले जे गर्दा आराम गर्न सक्नुहुन्छ, त्यो गर्नुपर्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले प्रधानमन्त्री ओली स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको टिप्पणी गरे । उनले भने,‘उहाँ स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य उहाँले निर्वाह गर्नुभएको थिएन् । त्यसैले उहाँले राजीनामा दिँदा नै उचित हुन्छ । उहाँलाई आराम जे जे गर्दा हुन्छ, त्यो गर्न दिउँ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए ।रिपोटर्ष नेपालबाट