काठमाडौं ३० फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले भेट गरेका छ्न । प्रचण्डनिवास खुमलटारमा नेताहरुबीच भेटवार्ता भएको हो। प्रचण्डलाई भेट्न नेताहरु बिहान ७ बजे खुमलटार पुगेका थिए।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम तथा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजानेलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालय स्रोतले जनाएको छ। नेपाल लाइभबाट