काठमाडौं ३० फागुन/गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।
पूर्वराज्यमन्त्री साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनायो
पूर्वमन्त्री साह भ्रष्टाचारी ठहर, ४ वर्ष जेल सजाय
sanjayanewsउनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ ।
विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो ।
को–कोविरुद्ध मुद्दा
विभागले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा साधन बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगीलाकुमारी साह, भाइरामकुमार साह, मनोजकुमार सिंह, निलम सिंह, राममिलन राउत कुर्मी, ओमप्रकाश यादव, सुजितकुमार पाण्डे गरी कुल १२ प्रतिवादीसमेतको मिलेमतोमा लुकाएको दावी गरेको थियो ।