उदयपुर २८ फल्गुन । त्रियुगा नगरपालिकाको गौरबको आयोजनामध्ये त्रियुगा आधुनिक बसपार्क तोकिएको समयभन्दा अगावै सकिने भएको छ । यो बसपार्क त्रियुगा नदि किनारामा निर्माणधीन छ । बसपार्क अढाई वर्षभित्र बनाइसक्ने गरी गत असार ३१ गते सम्झौता भए बमोजिम टर्मिनल भवन गत कात्तिक अन्तिमदेखि सुरु भएको हो ।
३० कोठे अढाई तलाको भवन चालु आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको निर्माणको रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ । सघन कार्यालय प्रमुख (डिई) रमेश थिङले बसपार्कको मध्यभागमा चाहिने अढाई तल्ले आधुनिक टर्मिनल भवन सुरु भएको ३ महिनाम फाउण्डेसन (डिपिसी) सकेर पहिलो तल्लाको ढलान गर्ने तयारी भई रहेको जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनी रमण-आईएसएमडी जेबीले बसपार्क बनाउने जिम्मा पाएर असार अन्तिम साता सम्झौता गरेकोमा दसैं तिहारले गर्दा कात्तिक अन्तिमदेखि मात्र काम थालेको थियो । तर, अहिलेको कामको गति हेर्दा म्याद भन्दा आधा समय अगाबै भवन सक्ने लक्षण देखिएको छ । जेबीका परियोजना प्रबन्धक (पिएम) प्रमोद यादवले थालेको वर्ष दिनभित्रै भवन सक्ने लक्ष्यका साथ काम गरी रहेको बताए ।
‘आउँदो २०७८ पुुसभित्र बसपार्कको सबै काम सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ’ प्रबन्धक यादवले भने ‘तर, हामी म्यादभन्दा कम्तीमा ६ महिना अघि नै सकेर बुझाउने उद्देश्यसका साथ काम गरिरहेका छौं । ३ महिनाको अबधिमा भवनको झन्डै २० प्रतिशत काम भइसकेको उनको भनाइ छ । मुख्य काम भनेको फाउण्डेसन र पिल्लर उठाउने काम छिटो सकिएकाले पहिलो तल्लाको ढलान फागुन भित्रै गरिसक्ने तयारी भइरहेको उनले बताए । टर्मिनल भवनको काम वर्षदिनभित्रै सक्ने र अन्य संरचना पनि सँगसँगै बनाउने योजना निर्माण कम्पनीको छ ।
जेवीले लागत इस्टीमेट भन्दा ३४ प्रतिशत कम मूल्यमा ठेक्का लिएकाले पनि काम छिटो गर्नु पर्ने चटारो परेको जनाएको छ । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख लागतको बसपार्क जेबीले ३४ प्रतिशत कम मूल्यमा भ्याट बाहेक १२ करोड ४९ लाखमा बनाउने गरी सम्झौता गरेको छ ।राजधानीबाट