२३ फाल्गुन ।उत्तर प्रदेशमा रहेको अमरोहा जिल्लामा दुई परिवारका बालबालिकाबीच झगडा हुँदा ठूलाहरू पनि मिसिएपछि हिंसा मच्चिएको छ ।
झगडाका क्रममा बालबालिकाका पिताले एक महिलाको औंला टोकिदिएका छन् र उनका पतिको आँखामा चुच्चो कुराले घोचेका छन् ।
‘घटना बुधवार भएको हो । दुई परिवारका बालबालिकाले झगडा गरे । त्यसमा उनीहरूका आमाबुवा पनि मिसिए र एक पिताले अर्को बच्चाको आमाबुवामाथि आक्रमण गरे,’ प्रहरी अधिकारी रविन्द्र सिंहले भने ।
झगडाका क्रममा आरोपितले महिलाको औंला टोके अनि पतिको आँखामा घोचे ।
घटनाको उजुरी दायर गरिएको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि आरोपित फरार छन् ।
घाइते भएकाहरूलाई कति चोटपटक लागेको हो भनी बुझ्नका लागि स्वास्थ्य जाँचमा पठाइएको छ ।लोकान्तरबाट