मलङ्गवा २२ फाल्गुन । सर्लाहीको मलङ्गवा नगरपालिका-४ बाट कोडैना गाउँपालिका-४ बस्ने २५ वर्षीय सशीभूषण पटेललाई विभिन्न लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
डाइजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुलसहित बुधबार साँझ पटेललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलङ्गवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २, ना५ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।नेपाल न्यूजबाट