गौशाला २२ फालगुन/महोत्तरी जिल्लाकाे सम्सी गाउँपालिकामा रहेकाे कार्यालय सहयाेगीहरुले निर्णय अनुसारकाे तलव नपाएकाेमा असन्तुष्टि जनाएका छन ।गाउँ परिषदकाे वैठक बाट कार्यालय सहयाेगिहरुलाई श्रावण देखि १६ हजारकाे महीना,पाेशाक भत्ता र दशैं पेशकी दिने निर्णय भएकाे थियाे तर सम्झाैता हुने समयमा १६ हजारकाे महीना र दशैं पेशकी दिनेछ र पाेशाक भत्ता हटाईएकाे थियाे तरअहिले कार्यालय सहयाेगिहरुलाई तलव दिने समयमा १२ हजारकाे दरले दिएकाे एक कार्यालय सहयाेगिले नाम नबताउने शर्तमा भनेका छन यसमा पनि श्रावन देखि पुस सम्म १२ हजारकाे दरले तलव गाउँपालिकाले दियाे ,फेरि माघमा १६ हजारकाे दरले दियाे यसरी किन दिईरहेकाे छ आफुहरुलाई कुनै जानकारी नभएकाे उनिहरुले वताए ।
यसकाे सम्बन्धमा पटक पटक जानकारी माँगदा सम्सी गाउँपालिकाका प्रशासकिय प्रमुख रामजि जाेशिले कुरा गर्न चाहनु भएन तर गाउँपालिका बाट जति निर्णय भएकाे छ त्यति रकम पछि बाट निर्णय गराएर दिने सम्सी गाउँपालिकाकाे लेखापाल नरेन्द्र यादवले जनाए।
याे गाउँपालिका महाेत्तरी जिल्लाकाे यस्ताे गाउँपालिका हाे कि जहाँ कुनै न कुनै रुपमा काम गर्ने हरेक कार्यालयका कर्मचारीहरु तलव सेवा सुविधाकाे लागि धर्ना र आन्दाेलन गर्नु परेकाे हुन्छ भने आमजनताहरु गाउँपालिका बाट लिने वृद्व भत्ता, पाेषण भत्ता,सुत्केरी भत्ता,विधवा भत्ता र अपांग भत्ता लगायत अन्य सेवा सुविधा लिन बाट आठ नाै महीना देखि बन्चित हुनु परेका छन ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष शेख फारुक र प्रशासकिय प्रमुख रामजी जाेशीले पटक पटक प्रतिवद्वता व्यक्त गरे पनि समस्या समाधान नभएकाेमा सेवा ग्राहि लगायत कर्मचारीहरु चिन्तित बनेका छन ।