लहान १८ फुाल्गुन । सिरहाको पूर्वी पश्चिम राजमार्गको धनगढिमाई नगरपालिकाको गगनखोलामा शनिबार साँझ माइक्रो बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
अत्यधिक गतिमा बोक्ने र क्षमताभन्दा बढी भार बोक्दा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते मध्ये १६ जनाको गोलबजार भुमिजा अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको कसहाको निजी क्लिनिकमा उपचार भइरहेको छ।