अाराेहण शाह बीरगंज १६ फगुन ÷ पर्सा जिल्लाको ४ नपा मध्ये बहुदरमाई नगरपालिकामा देखा परेको अन्यौलता र भ्रष्ट मानसिकताको कारण त्यहाँको सर्वसाधारण दिनप्रतिदिन निरास बन्दै जान थालेका छन ।
स्थानीय तहको निर्बाचन सम्पन्न भएको २९ महिना पुरा भएको छ तैपनि त्यहांका नगरबासिले जन प्रतिनिधिबाट पाउनु पर्ने कुनै पनि सेवा सुबिधा नपाएको गुनासो यतिबेला सर्वत्र उठन थालेको छ । नगरपालिकाको कार्यालय संचालनको लागि भनेर बषौंदेखि बहुअरी पिडरीमा मासिक रुपमा हजारौं रुपैंयाँ भाडा तिरेर कार्यालय संचालनको लागि घर लिएको भएपनि नगर प्रमुख नितेन्द्र साह र कार्याकारी अधिकृत तिर्थराज पौडेल महिनामा मुश्लिले एकपटक पनि कार्यालयमा बस्ने नगरेको समाचार प्राप्त हुन आएको छ भने प्रशासकीय अधिकृत बिहानैदेखि सिमरामा बसेर मदिरामा रमाउने गर्नाले जनताको काम कारवाही भने हुन नसकेको हो ।
उता बीरगंजमा पनि अलग्गै नपाले नक्कली कार्यालय स्थापना गरि ठूलो परिमाणमा नक्कली बिल भौचरको आधारमा चेक बनाउने र ब्रम्हलुट मच्चाउने काम भैरहेको समाचार प्राप्त हुन आएको छ । नपाले बिकास निर्माण, मठ मन्दिर, नाला निर्माण र अन्य शिर्षकको नाममा नामधारी उपभोक्ता समिती निर्माण गरि काम बिनानै भुक्तानी गर्ने गरेको समाचार छ भने २ करोडको सडक निर्माणमा ठूलो परिमाणमा अनियमितता भएको गुनासो आउँदा आउँदै पनि भुक्तानी गरीएको र सामान खरिदमा पनि ब्यापक मात्रामा चर्को मल्य निर्धारण गर्न बाध्य पारिएको समान नै उपलब्ध नभएपनि भुक्तानी गरिएको, सोलार बत्तिमा करोडौं अपचलनको योजना बनाइएको, बिना टेण्डर सामान खरिद गरिएको र हरेक निर्माण, भुक्तानी र खरिदमा समेत सबैको मिलिभगतमा ब्रम्हलुट मच्चाइने गरेको बतान्छ ।
उता शिक्षा, स्वास्थ्य, कृषी, प्रधानमन्त्री रोजगार, महिला, बालबालिका, स्वरोगार, बिभिन्न दातृ निकायले संचालन गर्ने गरेको काम कारवाहीमा समेत ठूलो परिमाणमा भ्रष्टाचार गर्ने गरिएको समाचार छ भने ९ वडा रहेको बहुदरमाइ नपामा वडाको लागि बिनियोजन गरिएको बजेट र योजनामा समेत नगरप्रमुखले उपभोक्ता समिती निर्माण गरि योजनाबद्ध अनियमितता गरेको आरोप लाग्न थालेको छ भने यसको बिरोधमा सर्वपक्षीय र सर्वदलिय संघर्ष समिती निर्माण गरि आन्दोलन गर्ने सहमति भएको समाचार समेत प्राप्त हुन आएको छ ।