नरेन्द्र महतो, गौशाला १७ फाल्गुन । नेपाल चार वर्ण छतिस जातका साझा फुलवारि रहेको छ। यहाँ राणा काल,राज संस्था ,राजा सहितको प्रजातन्त्र हुँदै धर्म निर्पेक्ष सहितको गन्तत्र राज्य घोषणा भएको मुलुक हो ।
समय अनुसार सबै परिवर्तन भयो तर विभेद अहिले सम्म परिवर्तन भएको छैन जसले गर्दा नेपालमा जन्मे तथा नेपालमा बसे पनि म नेपालि हुँ भने अनुभूति भईरहेको छैन ।जात जाति ,धर्मको नाम राजनितीक गर्नु राम्रो भएन ।विभेद अधिकारमा भएको,दलित जाति संग भएको,विकास संगमा गरिएको कारण देशमा समय समय आन्दोलन हुने गरेको छ ।
लोकतंत्र विश्वको सब भन्दा उत्तम व्यवस्था रहेको छ तर केहि स्वार्थी व्यक्तिको कारणले राज्यले केही जात जाति तथा वर्ग संग विभेद गरिएको हुन्छ ।जब सम्म समान अधिकार, उचित व्यवहार राज्यले गरिदैन तब सम्म मुलकमा उन्नति र प्रगति हुन् संभव नरहेको छ ।आज विश्वमा जुन देशले आफ्ना नागरिकलाई समान अधिकार र उचित व्यवहार गरेको छ त्यो मुलुक विकाससिल देशको लिस्टमा परेका छन उहाँ जनता अधिकारको लागि र व्यवहारको लागि सडकमा आउँदैन यदि सडकमा आउँछ भने विभेद गरेको छ भने त्यसको लागि आउँदैन ।
देशमा अरु उन्नति, प्रगति र जनता सँग गरिएको वाछाको लागि सडकमा आम जनता ओरलिएका हुन्छ तर हाम्रो मुलुकमा त्यस्तो छैन अधिकार र उचित व्यवहारको लागि एक दशक भन्दा वढि देखि समान अधिकार र उचित व्यवहारको लागि जनता सडकमा ओरिलिएका भए पनि आज सम्म विभेदमा परेकाहरु न्याय पाएको छैन जसले गर्दा देश तथा व्यक्तिलाई हानि भईरहेको हुन्छ ।
लोकतंत्र ल्याउन सबै जात जातिहरु मिलेर ल्याईएको छ त्यस्तै सबैलाई समान अधिकार र उचित व्यवहार गरियो भने देशको कायापलट हुने निश्चित नै रहेको छ ।तसर्थ विभेदको मुल शत्रु सोच रहेको छ सोचलाई बदलौ वेभेद आफै समाप्त हुनेर जानेछ ।