पर्षा १६ फाल्गुन । पर्साको विन्दाबासिनी गाउँपालिका ४ मा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ।
शुक्रबार दिउँसो पश्चिम चम्पारण भारत बिहारका राजकुमार दासले चलाएको ना ६५ प ६४२९ नं को माटोटरसाइकलको ठक्करबाट स्थानीय आस महमद आलमका ३ वर्षीय छोरा खुसिद आलमको ज्यान गएको हो।
बाटोमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बालकको उपचारको क्रममा ज्यान भएको प्रहरीले जानकारी दिएको छ।
उनलाई उपचारका लागि नारायणी अस्पताल बिरगञ्ज लगिएको थियो। मोटरसाइकल चालक दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल खबरबाट