भारतको उत्तर प्रदेशबाट प्रेम विवाह भएपछि एक जोडीबारे अनौठो समाचार बाहिर आएको छ । उनीहरु एउटै कार्यालयमा काम गर्दै थिए, प्रेममा परे र विवाह गरे ।
तर, विवाह गरेको ७२ घन्टा पनि नबित्दै यो जोडीकी पत्नी प्रहरी चौकीमा पुगेकी छिन् । चौकीमा पुगेर उनले श्रीमानको परिवारले आफूलाई स्वीकार नगरेको आरोप लगाएकी छिन् ।
उनका अनुसार उनलाई घरमा स्वीकार गरिएको छैन । यसले गर्दा घरमा समस्या भएको भन्दै ती युवती प्रहरीमा पुगेकी हुन् ।