काठमाण्डौ १५ फाल्गुन / प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्ने तयारीले बोल्नु भएको छ ।
पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि झूटाे आरोप लगाइएकाे बताउनु भएकाे छ।
स्विस कम्पनीले समेत अडियो सार्वजनिक गर्ने विजय मिश्र आफ्नो प्रतिनिधि (एजेण्ट) नभएको भनेकाले बाँस्काेटामाथिकाे आराेपमा कुनै सत्यता नभएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत गरेका छौँ । उहाँले मेरो आवाज होइन, मेरो आवाज होइन भनिरहनुभएको छ । त्यसमा कुनै प्रमाण नै छैन् । आफ्नो नाउँमा बात लागेको हुनाले राजिनामा दिनुभएकाे हाे । तर भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर आएको छ ।’