गौशाला १४फाल्गुन/ महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे ईटा भठ्ठामा मंगलवार दिउँसाे र राति पानी परेकाेले बनाएर राखिएकाे ईट्टा नष्ट भएका छन।
गाैशाला ,औराही,राम गाेपालपुर तथा सम्सी क्षेत्रमा रहेकाे दुई दर्जन भठ्ठाहरुमा पचासलाख भन्दा बढि ईट्टा नष्ट भएका उधाेगिहरुले बताए ।वेमाैसम अनुसार पानी परेकाे कारण ईटा नष्ट भएका छन ।
ईटा भठ्ठा संचालनकाे लागि बैंक बाट ऋ्ण लिएर शुरु गरेकाे तर पानी परेकाे कारण लाखाै लाखका क्षति भएकाेले पेशकी दिन समस्या परेकाे गाैशाला नगरपालिका वडा न तिन मा रहेकाे बाबा ईटा,नितेश ईटा तथा जे एम सि ईटा उधाेगिहरुले बताएका छन ।
यस पालि ईटा भठ्ठा शुरु भए लगतै पानी परेकाे कारण धेरै हानि भएकाे छ यसै गरि तराईका विभिन्न जिल्लामा रहेकाे अधिकांस ईटा भठ्ठामा हानि भएकाे उनिहरुले जनाएका छन ।