विराटनगर १२ फाल्गुन । विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो ।
गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिबारबाट समापन भएको हो । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।
एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी अवधिमा ३ लाख २५ हजार व्यक्तिले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी गराए । उनले ऐतिहासिक रूपमा एक्स्पो सम्पन्न भएको बताउँदै एक्स्पोको सफलताले आफूहरू हौस्सिएको बताए । दुलालले आगामी दिन प्रदर्शनी स्थल निर्माण गरेर व्यापार मेलालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टल राखिएका थिए ।
जसमध्ये बंगलादेश, भारत, श्रीलंका, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरू थिए । एक्स्पोमा राखिएका सबै स्टलहरूमा सोचेभन्दा राम्रो व्यापार भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।
उनले अपेक्षाभन्दा राम्रो व्यापार र उपलब्धि गर्दै यसपटकको एक्स्पो ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । एक्स्पोका कारण उपभोक्ता उद्योगी र व्यापारी एकैठाउँ जुट्ने अवसर प्राप्त भएको पूर्वाञ्चल ल्युब आयलका कन्ट्री म्यानेजर पशुपति साहले बताए । उनले बेलाबखत व्यापार मेलालाई निरन्तरता दिन आग्रहसमेत गरे ।
एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजक समितिले जनाएको छ । प्रदर्शनीमा अन्तर्राष्ट्रिय उद्योगका उत्पादनका साथै मेचीदेखि महाकालीसम्मका नेपाली उद्योगहरूले आफ्ना उत्पादन प्रबद्र्धन र बिक्रीका लागि ल्याएका थिए । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका थिए । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको थियो । एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको थियो ।
एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीले समेत अफर लिएर आएका थिए । उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् । एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताए । ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उनको भनाइ छ ।
बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् । एक्स्पोको अर्को आकर्षण हेलिकप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको थियो । हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप थियो ।
एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका थिए । एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ ।
बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको थियो ।
जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको थियो । हेटौैंडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिए । उनले भने, “हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ । तर, यस्तो व्यवस्थित कतै पाइएन ।”
आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताए । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन ९ दिनसम्म चलेको थियो । कारोबारबाट