अभियान अन्तर्गत गंगबु–नयाँ बसपार्क क्षेत्रबाट अवैध कृयाकलापमा संलग्न धमाधम पक्राउ परिरहेका छन् । गंगबु-नयाँ बसपार्क क्षेत्रमा पाँच महिनादेखि प्रहरीले शुद्धीकरण अभियान चलाई रहेको छ । शुद्धिकरण अभियान अन्तर्गतको स्विप अपरेशनमा अहिलेसम्म १२ सय ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई सकेको छ ।पक्राउपछि छानबिन गरेर प्रहरीले अबैध कृयाकलापमा संलग्न देखिएका ४ सय ९५ जना बिरुद्ध भने मुद्दा चलाएको छ । विशेषगरि यस क्षेत्रमा सञ्चालीत् खाजा घर, गेष्ट हाउस तथा रेष्टुरांलाई निगरानीमा राखेको प्रहरीले सार्वजनिक स्थानमा बसेर संकास्पद गतिविधि गर्नेलाई समेत पक्रने गरेको छ ।