कठमाडौँ ११ फाल्गुन । धादिङ बेनिघाट रोराङ गाँउपालिका-९ ज्यामिरेघाटस्थित पृथ्वी लोकमार्गमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आइतबार बिहान सवा तीन बजे वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रकको टायर पड्किएको थियो।
टायर पड्किएर अनियन्त्रित भई सडकबाट सय मिटर तल त्रिशूली नदीमा खस्दा मकवानपुर भिमफेदी गाँउपालिका-२ भैसे बस्ने ४६ वर्षका बिखे थोकरको मृत्यु भएको हो।

चालक थोकरको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जनाइएको छ।
थप अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटिबाट