दिपाशाले भारतीय गायिका सञ्जीवनीको स्वर रहेको हेमन्त शिशिरको तिमी थोरै बाट म्युजिक भिडियोबाट डेब्यु गरेकी हुन। त्यस्तै, कृष्ण रेउलेको अझै छु म पागल बनेको झरक संगीतमको नानी आँखामा हरि विष्टको माइतीको देशमा रामजी खाँडको खोया गोपाल नेपाल जीएमको नक्कली मोरी स्वरूपा रसाइलीको तिम्रै काखमा जस्ता हिट गीतको भिडियोमा उनले अभिनय गरेकी छन् ।
स्टेजमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन्, दिपाशा । नायिका बन्ने सपना बुनेकी दिपाशाले दुहली रानी पछि झेली ताल, बिरानो माया जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी आफुले मायामा विश्वास गर्ने बताउँछिन् । मायाले नै संसार चल्ने भएको हुँदा आफुलाई पनि मायामा विश्वास लाग्ने उनले जानकारी दिइन् ।
उनी अगाडि यो पनि बताउँछिन् कि उनको अहिले कोही प्रेमी छैन तर हुनेछ भन्ने कुराको विश्वासमा उनी छिन् । उनलाई म तपाँईलाई लभ गर्छु माया गर्छु भन्ने धेरै छन् । माया गर्छु भन्नेलाई उनले धन्यवाद भन्ने गरेकी छिन् । सिरियससँग प्रेम गर्ने केटा फेला परेको छैन ।
उनको पेसा कलाकारिता भएकाले कलाकारिता बुझ्ने र साथ दिनेसँग मात्र उनले विवाह गर्ने स्पष्ट पारेकी छिन् ।