शिवरात्रीको अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आउने साधुसन्तहरुले पशुपति क्षेत्र भरिभराउ भएका छन्। विशेषगरी शिवभक्तहरुका लागि महाशिवरात्री सबैभन्दा ठूलो उत्सव हो।
हिन्दुहरुका लागि पशुपतिनाथ प्रमुख तीर्थस्थलमध्ये एक हो। शिवरात्रीका अवसरमा लाखौँ मानिसहरु पशुपतिनाथको दर्शनका लागि बिहानीबाटै लाइनमा छन् ।
महाशिवरात्रीका लागी अघिल्ला वर्षहरुको तुलनामा बाबा तथा साधुसन्तहरुको उपस्थिति अली कम देखिन्छ। पछिल्लो समय भारतबाट आउने बाबाहरुको संख्या घट्दोक्रममा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।