लहान ७ फागुन। सिरहाको मुख्य बजारलाई सघन रुपले अनुगमनमा तीब्र बनाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको संयोजनमा , ईलाका प्रशासन कार्यलय लहानका प्रमुख उपसचिब कमल राज भन्डारीको संयोजकत्वमा रहेको सम्युक्त अनुगमन टोलीले मंगलबार लहान बजारमा अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा लहान नगरपालिका स्थित पुरानो बजारमा रहेका बिभन्न पसलहरुबाट दुई सय किलो भन्दा बढी म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरेको छ । लहानको पुरानो बजारको एउटै पसलबाट अनुगमन टोलीले एक सय ५० किलो भन्दा बढी म्याद गुज्रिएका सामान जफत गरेको घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादबले जानकारी दिनुभएको छ । अनुगमन टोलीले सो पसलबाट १० कार्टन ट्रेन्डि जुस ,बिभिन्न ब्रान्डका ४ कार्टन बियर , दुई कार्टन फेन्टा ,जुस , स्प्राईट लगायतका सामान जफत गरी नष्ट गरेको छ ।
यसअघि सोमबार पनि सिरहाको सदरमुकाम सिरहा बजारका बिभिन्न पसलहरुमा अनुगमन गरेको थियो । सिरहाका बिभिन्न बजारमा अत्याधिक मात्रामा म्याद गुज्रिएका र अखाद्य पदार्थ मिसावट गरिएका मिठाई लगायतका खाद्य पदार्थ बिक्री गरिरहेको अनुगमनका क्रममा फेला परेको छ । सिरहाका अधिकांश ठूला देखि साना मिठाई तथा जेरी पसलहरुमा मानिसको शरीरमा क्यान्सर गराउने हाईड्रोको प्रयोग भएको पाइएको छ । टोलीले अनुगमनका क्रममा मिठाई पसलले हाइड्रो प्रयोग गरिरहेको अबस्थामा जफत जफत गरी प्रमुख जिलला अधिकारी गोपालराज अधिकारीलाई बुझाएको छ ।
संयुक्त अनुगमन टोलीका संयोजक कमलराज भन्डारी, घरेलु तथा साना उद्योग कार्यलय लहानका प्रमुख दिपेन्द्र यादब, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय लहानका प्रमुख सुरेश सिंड। , शसस्त्र प्रहरीका प्रहरी उपरिक्षक अर्जुन सापकोटा , ईलाका प्रहरी कार्यलय लहानका प्रहरी निरीक्षकसुमित कुशवाहा उपभोत्ता हित संरक्ष्ण मन्च प्रदेश दुईका सदस्य जीबछ चौधरी ,उपभोक्ता संरक्षण मंच का अध्यक्ष रामा ननद गुप्ता, संचारकर्मि सहितको अनुगमन टोलीले सिरहा र लहानको मुख्य बजारमा अनुगमन गरेको हो ।