सचिता सिंह लहान ७ फाल्गुन । सिरहाको धनगढीमाई नगरपालिका १ बाखर र मेदनिपुरमा भएको कालोपत्रे सडक गुणस्तरहिन रहेको छ ।
आर्थिक वर्ष २०७५।७६ को योजना अनुरुप रु.३० लाखको लागतमा निर्माण हुने सो कालोपत्रे सडकको उपभोगता समिति गठन भएता पनि सो उपभोगता समितिलाई बदर गरि फल्गुनमा ठेक्का पट्टाको कार्य अगाडि बढाइएको थियो । सो ठेक्का धनगढीमाई न. पा १ मा रहेको जय बजरंग कन्ट्रकसन प्रा .लि.मार्फत सो निर्माण कार्य भएको थियो ।
निर्माण भएको कालो पत्रे सडक १ वर्ष नबित्दै उकिएको स्थानिय सियाराम महतोले गुनासो गरेका छन् । साढे पाँच मिटर बेस ग्राइभल ४ मिटर कालो पत्रेको योजना रहे तापनि सो बमोजिम सडक निर्माण नभएको स्थानिय महतोको गुनासो छ । निर्माण भएको ४ महिना नबित्दै कालोपत्रे उकिन लागेको नेकपा वडा कमिटि संयोजक नन्दिलाल साहको पनि गुनासो रहेको छ ।
यता मेदनिपुर गाँउमा भएको कालो पत्रे सडकको अवस्था पनि उस्तै रहेको छ । अमित निर्माण सेवा कन्ट्रकसन लहान पिररबोनिले ३० लाखको रकममा निर्माण भएको सो सडकको अवस्था पनि उस्ताको उस्तै रहेको छ ।
यस बिषयलाई लिएर सम्बन्धित वडाका व्यक्तिहरु गुनासो मँगलवार धनगढीमाई नपाको कार्यलय पुग्दा कोइ पनि सम्बन्धित कर्मचारीहरु नभेटिएकोले मेदनिपुरका नन्दिलाल चौधरीले आक्रोस पोखेका थिए । चौधरीले कार्यालयमा कोइ पनि कर्मचारी नभेटिएकोमा यो त गैर जिम्मेवारी भएको र जनतालाई दु ः ख दिने कार्य भएको आक्रोस व्यक्त गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र नाथ शर्मा तालिमको विशेष कार्यले बाहिर गएको र निम्तिमा लेखा अधिकृत पुरुसोतम कुमार प्रसादलाई दिएकोमा वहाँ पनि कार्यको लागी सिरहाको गएको र मोवाईल समेत स्वीच बन्द गरी राखेको अवस्थामा पाएको चौधरी बताए ।
यस विषयमा सम्बन्धित निकायका इन्जिनियर शम्भु कुमार यादबसंग मौखिक रुपमा कुराकानी भए तापनि वहाले अस्वासन मात्रै दिइराखेको थियो । इन्जिनियर यादबको अनुसार कन्ट्रकसनका प्रोपराइटरहरुसंग कुरो भइसकेको छ पुनः बनाइदिने अस्वासन समेत दिएको नेकपा वडा कमिटिका सचिव भोगेन्द्र यादबले बताए ।
यता कन्ट्रक्सनका प्रोप्राईटर राजेश्वर साहले भने सडक कालो पत्रे हुने बेलामा त्यसबाट गाडीहरु नचलाउनु भन्दा भन्दै पनि कसैले मानेन अहिले अहिले गुनासो गरेर हुन्छ तर टिक छ मेरो गाउँ ठाउँको हो म १ वर्ष भित्र बनाई दिने बिचारमा छु ।