इटहरी । सुनसरीको इटहरी स्थित एपेक्स हस्पिटलले निःसुल्क स्वास्थ शिविरको आयोजना गरेको छ । हस्पिटलले आइतबार स्त्री रोग तथा जनरल फिजिसीयन सम्बन्धी निःसुल्क स्वास्थ शिविरको आयोजना गरेको हो ।
शिविरसंगै हस्पिटलले आगामि २ हप्ता सम्म सुगर, प्रेसर तथा कोलेस्टेलमा निःसुल्क शेवाका साथमा अन्य ल्याव जाँचमा ३० प्रतिसत छुटको ब्यबस्था गरेको हस्पिटलका संचालक अमर पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार आजैबाट अस्पतालमा फिजियोथेरापि शेवा पनि संचालनमा आएको छ ।
१५ लाखको लागतमा संचालनमा ल्याइएको फिजियोथेरापि शेवा हरेक दिन बिहान ६ बजेदेखी बेलुका ९ बजेसम्म संचालन हुने बताइएको छ । शिविरबाट १ सय ५० जनाले शेवा लिएका छन् ।