काठमाण्डौँ – कोरोना भाइरस (कोभिद १९)को संन्त्रा स फैलिनुअघि वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा अध्ययनरत जनकपुरका चन्द्रभूषण यादव बस्ने ७ तल्ले होस्टेलमा विभिन्न देशका १ सय ५० जना विद्यार्थी थिए। होस्टेलमा निकै नै चहलपहल हुन्थ्यो।
तर, वुहानलाई कोरोना भाइरसले ग्रस्त बनाएपछि एकपछि अर्को गर्दै होस्टल रित्तिन थाल्यो। चिनियाँहरु पनि त्यो शहर छाडेर हिँडे। विभिन्न देशले आ–आफ्ना नागरिकलाई फिर्ता लगे। चन्द्रभूषण बस्ने छैटौं तल्लाका १५ कोठा मान्छेविहिन भए। होस्टेल सुनसान भयो, सिंगो होस्टलमा उनी एक्ला नेपाली थिए।
‘मेरा लागि यो होस्टल जेल जस्तो भइसकेको थियो। एक्लै बस्दा निकै डर लाग्थ्यो,’ वुहानबाट सम्पर्कमा आएका यादवले आफ्नो अनुभव सुनाए। हाल चीनमा मात्रै १५ सय २३ को ज्या न लिइसकेको र ६६ हजार बढी संक्र मित भइसकेका कोरोना भाइरसको उद्गमस्थल वुहानमा चिनियाँ सरकारले सं क्रमण नफैलियोस भनेर कडा निर्देशन जारी गरेको थियो।
सरकारको निर्देशन अनुसार त्यहाँ रहेका कोलनी, होस्टललगायत एउटा घरबाट अत्यावश्यक सामान किन्न हप्तामा एक जनामात्रै बाहिर निस्कन पाउथे। बजर, यातायात ठप्प थियो। कोठामा एक्लै हुँदा यादवलाई थुनावा बसेजस्तो लागेको थियो।
‘यहाँको हालत अहिले पनि निकै खराब छ। निकै अप्ठ्यारो परिस्थितिबाट ढिलै भए पनि नेपाल फर्कन पाउँदा खुसी लागिरहेको छ,’ शनिबार राति नेपाल आउन लागेका उनले खुसी व्यक्त गर्दै भने।
झण्डै एक महिना लामो रस्साकस्सीपछि अन्ततः नेपाल सरकारले चीनको हुबेइमा रहेका नेपालीलाई स्वदेश ल्याउन शनिबार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ प्रस्थान गर्यो ।
यसअघि चीनस्थित नेपाली राजदूतावासमा नेपाल फर्कन चाहनेमा नाम दर्ता गरेका यादवसहित वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याईएको हो ।