जनकपुर ०३ फाल्गुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बितेका २ वर्ष समृद्धि‚ विकास र सामाजिक रुपान्तरणको माइलस्टोन भएको बताएका छन्।
प्रदेश २ सरकारले प्रदेश सरकार गठन भएको २ पुरा भएको अवसरमा मन्त्री राउतले सम्बोधन गर्दै सो प्रदेश सरकारले २ वर्षमा गरेका कामको बारेमा चर्चा गरेका थिए।
उनले प्रदेश सरकारले बितेका २ वर्षमा अकल्पनीय काम गरेको बताए।
सोही अवसरमा उनले बेटी पढाउ‚ बेटी बचाउदेखि लिएर थुप्रै अभियानहरू सञ्चालन गरेको जसबाट प्रदेशबासीहरूलाई प्रत्यक्ष लाभ पुगेको बताएका छन्।लाइभ नेपालबाट