सिरहा/बिष्णुपुर गाउँपालिका अन्तरगतका प्रशासनिक सेवा तथा गाउँपालिका स्तरीय स्वास्थय सेवा सहज रुपले प्रवाह होस उदेशयले गाउँपालिका स्तरीय अस्पताल र गाउँपालिका भवनको शिल्यान्यास गर्दै कार्यक्रममा प्रदेश न.२ को आर्थिक मामिला तथा योजना मन्त्रि बिजय यादवले सरकारले असली लोकतन्त्रको परिभाषा बुझेको छैन, गाउँ गाउँमा सिहंदरबार समृद्ध नेपाल सुखि नेपालि भन्ने नारा जनताको लागि भ्रम छरेको मात्र हो,बताएका छन ।
मन्त्री यादवले किसान मजदुरले पसिनाको कमाई बाट तिरेका करलाई सरकारले गाउँगाउँमा सिहंदरबार र लोकतन्त्रको नाममा भजाएर खाइरहेको आरोप लगाउँदै भने राजाको पालामा पनि नेपालमा पाँच बिकास क्षेत्र,१४ अन्चल र ७५ जिल्ला बिभिन्न काम गर्ने प्रशासनिक निकाय रहे जस्तै लोकतन्त्र र गन्तन्त्रमा पनि त्यही ढाँचामा साँचिएको स्थानिय तह प्रदेश र संघ रहेको बताए ।
मन्त्री यादवले ५३ प्रतिशत मधेसि जनता बाट असुली गरेको कर मधेश र मधेसीे जनतालाई चाहिने बिकासका योजनाहरुमा दिन सरकार पक्षले कटौति गरेको ठोकुवा गरे ।
दुई छुटाछुटै भवनको शिलान्यास कार्यक्रमको प्रमुख अतिथि रहेको मन्त्रि यादवले अबिभावकको रुपमा रहेको सिहंदरबारले लोकतन्त्रमा स्थानिय सरकार प्रदेश मातहत रहनुपर्ने र प्रदेश सरकार संघ(सिहंदरबार) मातहत रहनुपर्ने जसमा सरकारले प्रदेश सरकारको अधिकार कटौति गरेर केन्दिकृत एकात्मक शासकिय शैलिमा स्थानिय तहलाई संघ मातहत राखेको असली लोकतन्त्रको मर्म र मान्यता नरहेको दाबि गरे ।
उहाँले भने मधेसि जनताले आफ्नो शासन,प्रशासन र सुरक्षाको अनुभुति देखि बंचित रहेकोले अहिलेको लोकतन्त्र मधेसी जनताको पक्षमा नरहेको जिकिर गरे ।उनले भने मधेसी जनता सदैव लोकतन्त्रको पक्षधर रहेका छन ।सिहंदरबारमा बस्ने अगुवा अग्रज नेताहरु लोकतन्त्रको मुल्य मानयता बुझियोस । सहि लोकतन्त्र माथी प्रहार गर्नेहरु हिटलर जस्तै पतन भएर जाने छन ।
प्रदेश २ लोकतन्त्रको पक्षमा रहि समृद्ध हुदाहुदै पनि सिहंदरबारका अगुवा अग्रज नेताहरुले बिभेद गरेको औंल्याए ।प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री यादबले राजा,राजतनत्र र प्रजातन्त्र देखि नै मधेसी जनता माथी हुदै आईराखेको बिभेदलाई चिर्दै समयको साथ हिंडनेले प्रगति गर्ने भएकोले समयको साथ हिन्न मधेसि जनतालाई ध्यान केन्द्रित गराएका थिए ।
वहाँले अध्यात्म र बिज्ञान एक अर्काको पुरक रहेको प्रसंगमा जोड दिदै भने समाजिक बिकासको लागि समाजमा रहेको एतिहसिक ब्यतित्वहरुको सल्लाह सुझाव पनि आवश्क रहेको बताए ।बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेश्वर यादवको अध्यक्षतामा भइएको उक्त शिलान्यासको शुभकामना कार्यक्रममा स्वागत मन्तवय प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादवले राखेका थिए भने संचालन शिक्षा शाखाका अधिकृत दिप कुमार यादवले गरेका थिए ।