सिड्नी ०२ फालगुन । अष्ट्रेलियाको आवाधी क्षेत्रमा आगलागीले ठूलो क्षति पुर्यायो ।
अधिकारीहरुका अनुसार झण्डै ६ महिनासम्म यो आगलागी लागिरह्यो । अष्ट्रेलयाको इतिहासमै झण्डै ६ महिनासम्म आगलागी भएको यो यो पहिलो घटना हो । आगलागीसँगै भएको वर्षाले अग्नि नियन्त्रकलाई सहज बनाए पनि बाँधको सतह बढेर दुई वर्षमै उच्च रुप लिएको छ ।
न्यु साउथ वेल्सका अधिकारीहरुले भने त्यस क्षेत्रमा अझै आगलागी पूर्ण रुपमा निभ्न नसकिएको बताएका छन् । यद्यपि त्यस क्षेत्रको आगलागी नियन्त्रणण बाहिर भने छैन । यस्तै डढेलोले जम्मा एक सय ५० ठाउँको ६ हजार किलोमिटर क्षेत्र ओगटेको थियो । जहाँ ३३ जनाको मृत्यु हुनुका साथै कराडौं जनावरको ज्यान गयो । अन्नपूर्ण पोष्टबाट