सचिता सिहं लहान २९ माघ । लहानको मेनचोक नजिक मोटरसाइकल एकआपसमा ठोकिदा एक जना गम्भिर घाइते भएको छ ।
उत्तरबाट दक्षिण आउदै गरेको स १० प ४४१८ नम्बरको मोटरसाइकलले रोकिराखेको स ०७ प ५५०१ नम्बरको मोटरसाइकलमा ठोकिदा रोकि राखेको गाडि चालक घाइते भएका छन् । घाइतेको नाम ठेगाना खुल्न नसकेको र घाइतेको उपचार लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको जानकारी ट्राफिक प्रहरीले दिएको छ ।
ठोकिएको मोटरसाइकल मोटरसाइकल इलाका प्रहरी कार्यालय लहानको जिम्मामा रहेको प्रहरीले बताएको छ ।