नरेन्द्र महतोर गौशाला २८ माघ । महोत्तरी जिल्लाको बजारहरुमा सिक्का नचलेको कारण अम उभोक्ताहरुलाई सास्ति बेहार्नु परेको छ । उपभोक्ताहरु समान सिक्काले खरिद गरेपछि सिक्का बैंकले लिन छाडे पछि उपभोक्ता तथा व्यापारीहरु विचलितमा परेका छन सिक्का लिएर गएको तर बैंकले लिन नमाने पछि व्यापारीहरुमा अन्ययौलता छाएको गौशाला न. पा. ५ को राम प्रबोध साहले जनाए ।
ग्राहकको मजवुरी बुझेर सिक्का लिएको भए पनि बैंकले साट्टन नमाने पछि व्यापारिहरु सिक्का लिन छोडेको उनिहरुले जनाएका छन। गौशाला बजारमा किराना पसलहरु बढि सिक्काहरु रहेका छन।
महोत्तरी जिल्लाको सब भन्दा ठुलो तथा पुरानो बजार मध्येको गौशाला बजार एक हो यहाँ हरेक दिन करौंड करोडको व्यापार हुने गरेको गौशाला उधोग वाणिज्य संघले जनाएका छन ।
सिक्का लिन छोडेको होईन बरु पाँच सय जतिको सिक्का बैंकले साट्टने गरेको तर बढिको भएमा राष्ट्र बैंकले साट्टिन गरेको सिटिजन्स बैंक गौशालाका मैंनेजर दिलिप कुमार श्रेष्ठले जनाएका छन। बैंक ग्राहकलाई दुःख दिने उदेश्यले नखोलेको भए पनि सिक्का बढि वजनदार भएकोले ल्याउनमा ग्राहो भएको कारण यी बैंकहरुले साट्टन नसकिएको श्रेष्ठले जनाए ।
अर्को तिर भिख माँगनेहरुले पनि सिक्का लिन छोडेका छन तर बजारमा कागजको एक र दुई रुपैयाको नोट आउन छोडे पछि व्यापारीहरुलाई फिर्ता दिन सास्ति बेहोर्नु परेको छ ।