आरोहण शाह वीरगंञ्ज, २७ माघ , पर्साको बिन्दवासनीमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत स्थानिय तहका जनप्रतिनिधि तथा शिक्षा सम्बद्ध पदाधिकारीको लागि क्षमता बिकाश कार्यशाला गोष्ठी आजदेखि शुरु भएको छ ।
गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले शिक्षामा देखिएका समस्याको बारेमा सवैसंग समन्वय गरेर अगाडि बढने प्रतिवद्धता जनाउनुभएको छ । विगतको दिनमा गाँउपालिकाबाट शिक्षाको लागि छुट्याइएको बजेट समेत खर्च नभएको दुखेसो पोख्नुभयो । शुरुको दिनमा कर्मचारीलाई अनुभवको कमीले गर्दा बिभिन्न समस्या देखिएको बताउनुभयो । भोली हुने छोरी शिक्षा बिमा सवैलाई आ आफनो ठाँउबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
तालिम लिएर आएका शिक्षकहरु कि त अवकाश नत्र अस्थायिको कारणले छोडेर जानुभएको कारण ईजिआरपी तालिम उपलब्धि मुलक नभएको र शैक्षिक समाग्री बिद्यालयहरुमा भएता पनि तालिम प्राप्त शिक्षक नभएकोले प्रयोग नगरिएको उपस्थित शिक्षकहरुले बताउनुभयो ।
वडा नम्बर २ को वडा अध्यक्ष संजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सागिर मियाँ, तिनका वडा अध्यक्ष सलमा खातुन, ४ का वडा अध्यक्ष अनोज कुमार चौरसिया, ५ का सुकदेव राउत अहिर, वोर्ड सदस्य रामाधार बिन, रामचन्द्र चौरसिया, किरणदेवी, फुलमती देवी, रुवाबजा खातुन, निमित प्रमुख प्रसासकिय अधिकृत मुन्ना साह रौनियार, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा प्रमुख कपिल लामिछाने, नेपाल शिक्षक महासंघ बिन्दवासनीका अध्यक्ष धर्मेन्द्र चौवे, नेपाल शिक्षक संघ बिन्दवासनीका नन्दु कुमार साह लगायतको सहभागिता रहेको थियो ।
कार्यशालामा ईजिआरपिका जिल्ला कोडिनेटर भरत सहनी, बिन्दवासनीका शिक्षा प्रमुख कपिल लामिछाने र समाजिक संस्था जिल्ला समन्वय समितीका महासचिव एवं बिन्दवसानीका समाजिक शाखा प्रमुख रामप्रवेश साहले तालिमबारे चर्चाको गर्नुभएको थियो । आज देखि शुरु भएको तालिम तिन दिन सम्म चल्ले छ ।
युएसएआईडि र नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग र गाँउपालिकाको आयोजनामा कार्यशाला गोष्ठी शुरु भएको छ ।